काठमाडौं । बलात्कार दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानले उच्च अदालत पाटनबाट सफाई पाएका छन ।
बुधबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर लामिछानेलाई निर्दोष ठहर गरेको हो ।
उच्च अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता विमल पराजुलीका अनुसार उनले सफाइ पाएको हो र फैसलाको पूर्ण पाठ भने आउन बाँकी छ ।
गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै सोही इजलासले इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो ।
सन्दीप लामिछानेले जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।
जिल्ला अदालत काठमार्डौले पनि लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो ।
फैसला लगत्तै क्रिकेटर लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीबाट गरेको निलम्बन फुकवा गरेको छ ।
अब उनी सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन पाउने छन । क्यानले उनलाई विश्वकप खेलाउन अमेरिका पठाउने तयारी समेत गरेको छ ।
क्यानका कोषाध्यक्ष पदम खड्का अनुसार सन्दीपालाई क्यानले खर्च गरेर भएपनि खेल्न पठाउने भएको हो ।
कोषाध्यक्ष खड्काले दुई÷तीन दिनभित्र सन्दीपलाई विश्वकपका लागि अमेरिका पठाउने बताए ।
आइसिसीले आगामी जेठ १२ गतेसम्म यसअघि घोषणा गरिएको टोलीमा परिवर्तन गर्न सहभागी टोलीलाई अनुमति दिएको छ ।
टोलीमा परिवर्तन गर्न चाहेमा आइसिसीको इभेन्ट टेक्निकल कमिटीबाट भने अनुमति प्राप्त गर्नु पर्नेछ
Categorized in मनोरन्जन