काठमाडौं । नेपाली कांग्रेसका भाृत संगठन नेपाल महिला संघले सहकारी पीडितको लागि न्यागको माग गर्दै प्रदर्शन गरेका छन ।
मंगलवार दिउँसो काठमाडौंको शान्तिबाटिकास्थित उनीहरुले व्यानरसहित विरोध प्रदर्शन गरे ।
प्रदर्शनमा सहभागीहरुले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको राजीनामा माग गर्दै सहकारी ठगी गर्नेहरुलाई कारवाहीको माग गरेका छन ।
नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीको लामिछानेलाई छानविनको दायरामा ल्याउन संसदीय समिति बनाउन माग गर्दै लगातार संसद अवरुद्ध गर्दै आएका छन ।
सत्तापक्षले कांग्रेसको सो मागलाई सम्बोधन नगरेपछि सडक आन्दोलनको तयारी गरेको हो ।
तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in राष्ट्रिय