७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

मन्त्रिपरिषद विस्तारः जसपाबाट स्वास्थ्य मन्त्री यादव र राज्यमन्त्री हसिनाले लिए सपथ 


प्रकाशित: सोमवार, ३१ बैशाख २०८१, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहालले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन । 


सोमवार जसपा सांसद सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र स्वास्थ्य राज्यमन्त्री हसिना खानले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका हुन ।


आजै विहान जसपा नेपालका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीले प्रधानमन्त्री दाहालले राजीनामा बुुझाएका थिए । 


प्रधानमन्त्री दाहालले फेरि मन्त्रिपरिषद विस्तार गरेका हुन । 


१२ सांसद भएको जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव विदेशमा रहेका बेला वैशाख २३ गते विभाजित भएको हो । सात सांसदसहित अशोक राई नेतृत्वको जसपालाई वैशाख २४ गते नै निर्वाचन आयोगले दलको मान्यता दिइसकेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex