काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित दुुई जनालाई पक्राउ गरेको छ ।
विमानस्थल भन्सारबाट पास भइसेको सुन वेलकम गेटबाट सुन सहित भारितय नागरिक ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन पक्राउ परेका हुन ।
पक्राउ परेका उनीहरुले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको थियो ।
सुरेश कुमारबाट बरामद सुन कपडासहित २ किलो ६०० ग्राम र मोहन कुमारबाट बरामद भएको सुन कपडासहित २ किलो ५०० ग्राम रहेको प्रहरीले जनाएको छ ।
फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को विमानबाट उनीहरु बेलुका पौने ७ बजे काठमाडौंमा ओर्लिएका थिए ।
Categorized in बजार