काठमाडौं । सरकारले लागु गरेको नयाँ मुलुकी ऐनको विरोधमा शुक्रबार सिंहदरवार अगाडी नग्न प्रदर्शन गरेका छन् ।
प्रहरीका अनुसार जितिन लिम्बु नाम गरेका युवाले नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै उनले प्रदर्शन गरेका हुन् ।
उनले ‘जनावर सबै एक हुन, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपी प्रदर्शनमा उत्रेपछि मानिसहरु भीड जम्मा भएको थियो ।
प्रहरीले उनलाई सार्वजनिक स्थानमा अश्लिलता प्रदर्शन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले नियन्त्रणमा लिई थप कारवाही अगाडी बढाएको जनाएको छ ।
Categorized in समाज