काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल सुरु गरेको छ ।
आइतवार विहान प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी छन ।
संसद अवरुद्ध खुलाएर नियमित गर्न सहमति प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूसँग छलफल गरेका हुन ।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ ।
तर सत्तागठबन्धन दल छानविन समितिको विपक्षमा रहेको छ । शुक्रवार वोलाएको हिउँदे अधिवेशनमा नेपाली कांग्रेसले छानविन समितको माग गर्दै सदन अवरुद्ध गरेको थियो ।
Categorized in राष्ट्रिय