काठमाडौं । विद्युत सर्ट भई झापाको शिपसाताक्षीमा संचालित संग्रोला ब्रर्दशमा विहिबार आगलागी हुँदा २ करोड बराबरको सामान क्षति भएको जनाएको छ ।
बिहीबार राति ८ बजेतिर अचानक आगलागी हुँदा पसलमा रहेको विद्युतीय सामग्री टेलिभिजन, फ्रिज, भ्याकुमक्लिनर, वासिङमेशिन पूर्णरूपमा नष्ट भएको छ ।
आगो नियन्त्रण समय गर्न नसक्दा पसलको सबै समान जलेको छ । आगलागीबाट पसलको सबै समान जल्दा दुई करोड मूल्यबराबरको क्षति भएकोे जनाएको छ ।
आगलागी दमक, बिर्तामोडको बारुणयन्त्र, प्रहरी, स्थानीय बासिन्दाको सहयोगबाट करीब एक घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कैलाश राईले जानकारी दिएका छन् ।
Categorized in समाज