काठमाडौं । नेकपा एमालेका इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट निर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन ।
बुधवार उनलाई सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा प्रतिनिधिसभका सभामुख देवराज घिमिरेले शपथ शपथ ग्रहण गराएका हुन ।
१५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए ।
यस अघि मंसिर २०७९ को निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए ।
उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो ।
Categorized in राष्ट्रिय