काठमाडौं । ललितपुरको प्रसिद्ध जात्रा बुुंगद्य (रातो मछिन्द्रनाथको जात्रा) को तयारीको लागि रथ निर्माणको कार्यलाई तिब्र पारिएको छ ।
पुल्चोकस्थित रथ निर्माणको कार्यमा खटिएकाहरुले रथ निर्माणबारे बताउँदै समयमै रथ निर्माण हुने उल्लेख गरे ।
वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रको रथारोहण तथा रथयात्राको व्यवस्थापन गुठी संस्थान कार्यालय ललितपुरले गर्दछ ।
बैशाख १२ गतेबाट रथ निर्माणमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी छन । टंगलमा मिननाथको रथ निर्माण भइरहेको छ ।
गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यले रथ निर्माण र सो व्यवस्थापनबारे चर्चा गरेका छन ।
त्यसैगरी, गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले रथ निर्माणका बारे जानकारी दिएका छन ।

रातो मस्त्येन्द्रनाथको रथारोहण साइत भने बैशाख २७ गते परेको छ । रथ निर्माण सफल होस् भनी ञवा गुठीयारले कुलदेवता र विश्वकर्माको पूजा गरेका थिए ।
रथ यात्राको बेला शान्ति सुरक्षाको प्रबन्धको विषयमा ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ र जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए ।

रथ निर्माण गर्ने बाराहीका नाईके दिलकुमार बाराही रथ निर्माण हुने छ प्रकारको काठ, काठको लागि असोज, कार्तिकदेखि गर्नुपर्ने तयारी बारे चर्चा गरेका थिए ।


तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति