२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

खुलामञ्चमा आकाशे पुनःभरण गरिने कार्यको सम्झौता 


प्रकाशित: सोमवार, २४ बैशाख २०८१, १८ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुला मञ्चमा आकेश पानीको पुनःभरण गरिने कार्यको सम्झौता गरेको छ । 


खुलामञ्चमा पानी जम्न नदिने कार्यको लागि  ग्रेडिङ् र लेभलिङ्को कामका लागि नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनी र महानगरपालिकाविच आईतवार सम्झौता भएको हो । 


महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र के. सी. र महानगरपालिकाकातर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले हस्ताक्षर गरेका छन । 


खुला मञ्च २३ हजार ४१५ वर्गमिटर ९४६ रोपनी १ दाम० क्षेत्रमा फैलिएको छ । 


मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ । चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ । 


सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यका अनुसार जेठ मसान्तभित्र काम सकिने बताएका छन ।  


खुलामञ्चलाई मौलिक दुवो रोपेर आकर्षक खुला स्थानका रुपमा विकास गर्ने महानगरपालिकाको योजना हो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex