काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्यमा बृद्धि गरेको छ ।
५ दिन अघि १९ वैशाखमा अन्डाको भाउ घटाएको संघले फेरि बढाएको हो ।
संघ अध्यक्ष विनोद पोखरेलका अनुसार अहिले बजार बिस्तारै बढेकाले किसानलाई राहत दिन भाउ बढाएको दाबी गरे ।
२४ वैशाख सोमबारबाट मिडियम अन्डा प्रतिक्रेट २० बढाएर ३ सय ५०, ठूलो अन्डा प्रतिक्रेट २० बढाएर ३ सय ९५ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट १५ बढाएर प्रतिक्रेटको ४ सय १० पुगेको छ ।
यस अघि संघले अन्डाको नयाँ समर्थन मूल्य १९ वैशाख बिहीबार अनुसार मिडियम साइजको प्रतिक्रेट ३ सय ३० रुपैयाँ, ठूलो अन्डा प्रतिक्रेट ३ सय ७५ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३ सय ९५ रुपैयाँ तोकेको थियो ।
Categorized in बजार