काठमाडौं । लामो समयदेखि अस्वस्थका कारण एकान्त बस्दै आएको भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको बिहिबार निधन भएको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ले एक प्रेस विज्ञप्ती जारी गरी जनाउको छ ।
९३ वर्षीय वाजपेयी गत जुनमा नै नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना भएका थिए । उनर्लाई किड्नीमा संक्रमण र अन्य स्वास्थ्यसम्बन्धी समस्या देखिएको थियो ।
बाजपेयी ३ पटक प्रधानमन्त्री भएका थिए । उनी सन १९९६ मा १३ दिन, १९९८–१९९९ र अन्तिम पटक १९९९ देखि २००४ सम्म प्रधानमन्त्री रहे ।
भारत रत्नबाट सम्मानित वाजपेयी कवि र समावेशी राजनीतिका पर्याय पनि हुन ।
उनी अविवाहित हुन ।

Categorized in अन्तर्राष्ट्रिय