काठमाडौं । राष्ट्र बैंकले ६ बाणिज्य बैंकलाई कारबाही गरेको छ ।
बैंकले लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, लुम्बिनी विकास बैंक, प्राइम कमर्सियल र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो ।
यी बैंकहरुमध्ये लक्ष्मी सनराइज बैंकका संस्थापक राजेन्द्र कुमार खेतानलाई राष्ट्र बैंकले १० लाख जरिवाना गरेको छ ।
उनले बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रूपैयाँ कर्जामध्ये ११ करोड ४४ लाख रूपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरेर प्रयोग गरेपछि जरिवाना स्वरुप उक्त कार्वाही गरेको हो ।
राष्ट्र बैंकले यो कर्जा स्वीकृत गरेका सिइओलाई समेत सचेत गराएको छ ।
त्यसैगरी, पुँजीकोषको प्रावधान विपरीत गएर सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कार्यसम्पादन नै नभई सिइओलाई पारिश्रमिक वापत १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख भुक्तानी दिएको थियो । उक्त रकम भने असुल गरिएको समेत राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले कुमारी बैंकका सिइओ तथा सञ्चालकलाई सचेत समेत गराएको छ ।
चालु वर्षको तेस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले प्रतितपत्रअन्तर्गत दिएको कर्जालाई बारम्बार अवधि थपिदिएको, कर्जाको आधार दर गणना गर्दा समाजिक उत्तरदायित्व अन्तर्गतको खर्च जोडेको र जोखिम भारित सम्पत्तिलाई कम देखाई पुँजीकोष गणना गरेको देखेपछि राष्ट्र बैंकले राष्ट्र बैंकले सिइओलाई समेत सचेत गराएको छ ।
पुँजी कोषसम्बन्धी व्यवस्था पालना नगरेको कारण गर्दा प्राइम बैंकको सिइओलाई नसिहत दिनुका साथै सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराएको छ ।
ग्राहक पहिचानमा गम्भिरता नदेखाएको भन्दै लुम्बिनी विकास बैंक र निर्देशन पालना नभएको भन्दै एक्सेल डेभलपमेन्ट बैंकलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ ।
Categorized in बैंक