काठमाडौं । ललितपुरको गोदावरीस्थि आनन्दवनमा लागेको डढेलो निभाउन गएका अर्का घाइतेको पनि मृत्यु भएको छ ।
घाईते गोदावरी नगरपालिका–४ का ५० वर्षीय रमेश पहरीको बुधवार मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा आज बिहान मृत्यु भएको हो ।
यस अघि डढेलो निभाउने क्रममा मंगलबार शंकर पहरीको पनि उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो ।
डढेलो निभाउने क्रममा उनीहरू दुवै जना घाइते भएका थिए ।
मंगलवार कीर्तिपुरस्थित वर्न हस्पटीलमा डढेलोमा घाईते भएका रमेश पहरी को स्वास्थ्य अवस्था बुझ्न नगर प्रमुख गजेन्द्र महर्जन पुगेका थिए ।
Categorized in स्थानिय