७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

एमालेको हीरक महोत्सवमा देउवाको प्रश्न– मदन भण्डारी हत्याको छानविन खोई ? 


प्रकाशित: सोमवार, १० बैशाख २०८१, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेको हीरक महोत्सवमा मदन भण्डारीको रहस्मय दासढुंगा काण्डबारे चर्चा गरेका छन । 


सभापति शेरबहादुर देउवाले दासढुंगा प्रकरणबारे सत्यतथ्य बाहिन नभएको भन्दै एमाले नेताहरुसँग प्रश्न गरेका छ । 


दुईपटक राष्ट्रपति हुँदा, पटकपटक प्रधानमन्त्री हुँदा भण्डारीको दुर्घटनाबारे पत्ता लगाउन नसकेको अनि कांग्रेसलाई मात्र गाली गर्ने गरेकोमा आपत्ति जनाएका छन । 


‘आफू खोज्न नसक्ने, कांग्रेसलाई गाली गर्ने, मदन भण्डारीको हत्यारा को हो? अहिलेसम्म पत्ता लगाउन सकेको छैन । हुँदाहुँदा उनको चालक पनि मारियो ! कसले मा¥यो पत्ता लागेको छैन ! मदन भण्डारी राम्रो नेता हो, यसमा दुई मत छैन । उहाँको हत्याबारे अहिलेसम्म किन पत्ता लागेन? त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला, गर्नुहोस् केही छैन। आफ्नो पनि कुरा भन्नु प¥यो नि!’ उनले सम्बोधन क्रममा भने । 


सभापति देउवाले एमाले नेताहरुले आफूहरुलाई गाली गरेको सन्दर्भ कोटाउँदै भने,‘ मदन भण्डारीजस्तो व्यक्तित्वको बारेमा राम्रै कुरा गर्ने इच्छा थियो। अहिले आएर उहाँहरू (एमाले) ले कांग्रेसलाई गर्नुसम्म गाली गर्नुभयो। मैले जवाफ दिनुपरिहाल्यो। मलाई गाली गर्नेहरूले मदन भण्डारी किन म¥यो किन भन्न सक्दैन?,’ उनले भने, ‘मदन भण्डारी मारेको कुरा खोजबिन हुनुप¥यो, भण्डारीको रहस्मय घटनाको बारे छानबिन गर्न कसले रोकेको छ? कांग्रेसले रोकेको हो, कसले रोकेको छ ?’


चर्चित दासढुंगा रहस्मय दुर्घट्नामा परि तत्कालीन एमालेका महासचिव भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटनामा हुँदै उनीसँगै एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि मृत्यु भएको थियो । 


२०६० साल साउन ११ गते दिउँसो भण्डारीको जीप चालक अमर लामाको पनि कीर्तिपुरमा गोली हानेर हत्या गरिएको थियो । यी दुवै घट्ना अहिलेसम्म रहस्मयनै रहको छ । 


एमालेले नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आज सोमवार आयोजना गरेको हीरक महोत्सवको आयोजना गरेको थियो ।


एमालेको गोदावारीमा महाधिवेश परिषदको बैठक आईतवार र सोमवारसम्म चलेको थियो ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex