काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक टयुशन सेन्टरमा हमलावारले आत्मघाती बम विस्फोटन गराउँदा ४८ जनाको निधन भएको छ भने ६७ जना घाईते भएको अफगानिस्तानको स्वास्थय मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेहरुमा अधिंकाश छात्रहरु रहेको बताइएको छ । युनिवर्सिटीका छात्रहरुले प्रवेश परिक्षाको लागि अतिरिक्त कक्षा लिईरहेको थियो ।
यो घट्ना शिया बाहुल क्षेत्रमा गराएको हो । चरपन्थी संगठन तालिवानले उक्त हमलाको आफुहरुले नगराएको दावी गरेको छ ।
तर अधिकारीहरुका अनुसार तालिवानले एक बयानमा अफगानिस्तानमा कार्यरत रेडक्रस कर्मचारीहरुलाई सुरक्षित जाने कुनै ग्यारेन्टी दिन नसक्ने भनेको केही घण्टामै सो घट्ना भएको हो ।
हमलावारले टयुशन सेन्टरमा गएर आफैलाई बमले उडाएका थिए ।
Categorized in अन्तर्राष्ट्रिय