१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

एक किलो ७० ग्राम सुन विमानस्थलबाट बेवारिसे अवस्थामा भेटियो


प्रकाशित: विहिवार, ७ बैशाख २०८१, २०ः५० बजे
- महानगरखवर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ७० ग्राम सुन विमानभित्रको एक सिटमा भेटिएको छ । 


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार विमानस्थलमा रहेको एयर इन्डिगो एयरलाइन्सको विमानको सिटमा एक किलो सुन फेला परेको हो । 


बुधबार बिहान ११ बजे भारतको दिल्ली भई काठमाडौं आएको फ्लाइट ६ इ ११५१ इन्डिगो एयरको सिटमा एक किलो ७० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।


प्रहरी अधिकारीका अनुसार इन्डिगो एयरको सिट नम्बर २७ चार्लीको पछाडि, २८ चार्लीको अगाडि रहेको सिटमा भएको पकेट (खल्ती) को तलपट्टी बेवारिसे अवस्थामा कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुन फेला परेको हो ।


तीन वटा सिक्री, ६ वटा आयातकार टुक्रा (एउटा सानो र पाँच वटा ठूला बिस्किट), त्रिभुज आकारका दुई वटा टुक्रा र दुई वटा सिक्री जोड्ने रिङ फेला परेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex