१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

लगनखेलबाट फुटफाथ बजार हटाउन स्थानीय व्यापारीको माग 


प्रकाशित: बुधवार, ५ बैशाख २०८१, १२ः२७ बजे
- महानगरखबर

ललितपुर । ललितपुरको लगनखेलदेखि मंगलबजारसम्म सञ्चालित फुटपाथ बजार हटाउन स्थानीय व्यापारीले माग गरेका छन । 


फुुटपाथ बजारकै कारण सटर, पसल, कवलमा भाडा तिरेर, राज्यलाई कर तिर्ने व्यवसायी मार्कामा परेको भन्दै व्यापारीहरुले फुटपाथ हटाउनु पर्ने माग गरेको हो । 


स्थानिय ब्यापारी रमण श्रेष्ठले आफूहरुले घरको बहाल करदेखि सबै राज्यलाई दिने कर तिर्नु पर्ने तर सडक व्यापरीहरु त्यसबाट मुक्त छन घाटा चाही आफूहरुलाई भएको बताए । 


‘हामीले घरको बहाल तिर्नु पर्छ ,कामदारलाई तलव ,नगरपालिकालाई अनेक प्रकारको कर , फोहर उठाउनेलाई पैसा सबै तीरेरपनि ग्राहकलाई विल दिनु पर्छ तर सडक ब्यापारीले यी कुनैपनि भार ब्यहोर्नु पर्दैन ।’ उनले भने ।  


अव्यवस्थित सडक ब्यापारीको कारण दृश्य प्रदुषण,जताततै फोहर र पसल कवलहरुमा समेत ब्यापार हुन छोडेपछि स्थानीय व्यापारीहरु यतिखेर विरोधमा उत्रेका छन । 


व्यापारीमात्र नभएर स्थानीयवासीहरु पनि फुटपाथ बजारले गर्दा आवागमनमा समस्या, आपत्तकालिन अवस्थामा सवारी लग्न नसक्ने, वसपार्क पनि सोही स्थानमा रहेका कारण सो क्षत्र अस्तव्यस्त बनेको गुनसो रहेको छ ।


अहिले सडक ब्यापारीका कारण ललितपुर महानगरपालिका आफैंले सञ्चालन गरिरहेको गावहालस्थित धपगा बजार, लगनखेलको तरकारी बजार, लगँवहीदेखि प्रयागपोखरीहुदै मंगलबजारसम्मका भित्री चोक चोकमा सञ्चालित बजार थप्पै हुने स्थितिमा पुगेको स्थानिय व्यापारीहरुको  भनाई छ ।

 
काठमाडौं महानगरपालिकाले फुटपाथ हटाएपछि त्यहाँका व्यवसायीहरु ललितपुर आएर थपिएको स्थानीय व्यापारीहरुले बताएका छन । 


यस अघि ललितपुर महानगरले लगनखेलदेखि मंगलबजारसम्म फुटपाथ व्यापार निषेध गरेको थियो तर सफल हुन नसकेपछि प्रत्येक दिन बिहान ८ बजेसम्म र बेलुका ५ बजेदेखि लगनखेलदेखि मंगलबजारसम्म फुटपाथ बजार सञ्चालन हुँदै आएको छ । 


यता सडक व्यापारीहरु पनि सडक ब्यापारलाई बैकल्पिक ठाउँको ब्यवस्था हुनै पर्ने अन्यथा स्वरोजगार ब्यापारलाई कुनैपनि हालतमा नछोड्ने बताउँदै आएका छन । 


ललितपुर महानगरपालिका प्रमुख सिताराम हाछेथुका अनुसार लगनखेलको बस पार्क समेत अन्यत्र स्थानान्तर गरी सो स्थानलाई परम्परागत असन बजारकै रुपमा प्रवद्र्धन गर्ने सोच ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको छ ।  


ललितपुर नगरपालिकाभर कतैपनि हामीले फुटफाट राख्न दिएका छैनौ तर लगनखेलदेखि मंगलबजारसम्मको परम्परागत बजारलाई पनि हटाउने हो भने एकातर्फ सानो सानो लगानीमा भैरहेको स्थानिय उत्पादनले बजार नपाउने हुन्छ भने अर्को तर्फ सयौं साना ब्यापार ब्यवसायीहरुले गरिरहेको स्वरोजगारबाट बिस्तापित हुनुपर्ने उनको भनाई छ ।  

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex