काठमाडौं । काठमाडौंमा आज (मंगलवार) जनबहाःद्य (सेतो मछिन्द्रनाथ) को रथ यात्रा सुरु हुँदैछ ।
जात्रा व्यवस्थापन समितिले जनबहाःद्य रथ यात्रा हुने समय र रुट तालिका सार्वजनिक गरेको छ ।
जात्रा अवधि समयमा जात्रा हुने रुटहरुमा सवारी पार्किङ र सवारी साधनहरुलाई पूर्ण रुपमा प्रबेश निषेध तथा फूटपाथमा पसल निषेध गरिएको जनाएको छ ।
बर्षा र सहकालको देवताको रुपमा चिनिने यस जनबहाःद्यको जात्राको रथ साँझ ४ बजे मच्छिन्द्र बहाल देखि तिनधारा पाठशाला सम्म खत यात्रा हुने र साँझ ५ देखि जमल, रत्नपार्क, भोटाहिति हुँदै असन रथजात्रा हुनेछ ।
आजै असनमा रथलाई विराजमान गराई राष्ट्रपति रामचन्द्र पौडेलबाट दर्शन गराइने छ ।
हेरौं तालिकाः
● २०८१ बैशाख ४ गते साँझ ४ः०० बजे मच्छिन्द्र बहाल देखि तिनधारा पाठशाला सम्म खत यात्रा
● २०८१ बैशाख ४ गते सोही दिन साँझ ५ देखि जमल, रत्नपार्क, भोटाहिति हुँदै असन रथजात्रा
● २०८१ बैशाख ५ गते साझ ५ः०० देखि असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका
● २०८१ बैशाख ६ गते साँझ ४ः०० देखि हनुमानढोका, चिकंमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन
● २०८१ बैशाख ७ गते साझ ५ः३० देखि लगन आमा, रुख परिक्रमा
● २०८१ बैशाख ८ गते साँझ ५ः३० देखि लगन, ज्याबहाल द्यः , यूतुननि, कोहिति, भिमसेनस्थान, मरु, यटखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहाल सम्म खत यात्रा र जात्रा सम्पन्न ।
Categorized in सम्पदा/संस्कृति