१० भाद्र २०८३, बुधबार
Header

पूर्वराजदूत डा. अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस


प्रकाशित: शुक्रवार, ३० चैत्र २०८०, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । पूर्वराजदूत डा. अन्जान शाक्यलाई रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा सिफारिस गरिएको छ ।


शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदमा शाक्यलाई सिफारिस गरेको हो । 


सरकार प्रवक्ता समेत रहेकी सुचना तथा प्रविधिमन्त्री रेखा शर्माले शाक्यलाई सो पदमा सफारिस गरिएको जानकारी दिइन्। 


यसअघि राष्ट्रिय सभा सदस्य रहेकी विमला राई पौड्यालको कार्यकाल सकिएपछि सोही स्थानमा शाक्य सिफारिस भएकी हुन । 


शाक्य पार्टीगत रुपमा नेकपा (एमाले) विदेश विभाग सचिव पनि हुन भने इसराइलका लागि नेपाली राजदूत थिइन ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex