५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

महानगर प्रमुख शाक्यद्धारा अग्नि नियन्त्रण तालिम केन्द्रको शिलान्यास


प्रकाशित: बुधबार, ३० साउन २०७५, ११ः३५ बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले गत सोमबार अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन तालिम केन्द्रको शिलान्यास गरेको छ ।

 
कामपाका प्रमुख शाक्यले महानगरको वडा नं ६ रामहिटीमा अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन तालिम केन्द्रको शिलान्यास गरेका छन् ।

 
इटलीको बोल्जानो वोल्जेन प्रदेशको रु पाँच करोड तथा महानगरको आन्तरिक स्रोतबाट गरी रु आठ करोड ६१ लाख १६ हजारको लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको जनाएको छ ।

 
तीन दशमलव पाँच रोपनीमा निगर्मा गरिने सो भवनमा एक लाख ५० हजार लिटर क्षमताको पानी ट््यांकी रहनेछ । भवनमा अग्नि नियन्त्रक बस्न मिल्ने ठाउँ, तीन दमकल राख्ने ठाउँ, तालिमका लागि दुई सुविधासम्पन्न कार्यक्रमस्थल तथा करीब एक सय जना प्रशिक्षार्थी अट्ने हलको व्यवस्था गरिने कामपाले जनाएको छ । 


महानगरका पाँच क्षेत्रमा दमकललगायत विपद् व्यवस्थापनका लागि चाहिने उपकरणको व्यवस्था गर्ने चालु आर्थिक बर्षको योजनामा छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex