काठमाडौं । विदेशी नागरिक श्रीलंकन नागरिकहरूलाई बन्धक बनाउने चार जना पाकिस्तानी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुहमा पाकिस्तान रावलपिण्डीका ५७ वर्षीय जुबैर अजमद, पाकिस्तान गुजरनवालाका ४२ वर्षीय शाहजहन तन्विर, सोही ठाउँका ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह छन ।

प्रहरीका अनुसार उनीहरुले श्रीलंकन नागरिकलाई युरोपका विभिन्न देश पठाइदिने भन्दै प्रलोभन देखाएर काठमाडौं ल्याई बन्धक बनाएर राखेको थियो ।
उनीहरुलाई क्यानडा, रोमानिया, ग्रिस लगायतका देश पठाइदिने भन्दै काठमाडौं ल्याइ बन्धन बनाउने, कुटपिट गर्ने धम्की दिने र रकम लुटपाट समेत गर्ने गरेका प्रहरीले बताएको छ ।
Categorized in समाज