काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा एकल प्रदर्शन गरेका छन ।
मेयर सम्पाङले मंगलवार प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था माग गरेको हस्तलिखित पम्पलेट बोकेर प्रदर्शन गरेका हुन ।
उनले २०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरेका छन ।
पछिल्लो केही दिन यता काठमाडौंमा रहेका मेयर साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन लगायतसँग भेटेघाट गरेका छन ।
प्रधानमन्त्री प्रचण्डलाई भेटर उनले खानेपानी, एयरपोर्ट, राजमार्ग, ल्याण्डफिल साइट र उद्योग लगायतका माग राखेका थिए ।
Categorized in स्थानिय