२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नेपाली टेलिकमकी प्रबन्ध निर्देशक कामिनी मन्त्रीपरिषद् बैठकबाट बर्खास्त


प्रकाशित: बुधबार, ३० साउन २०७५, ०८ः४२ बजे
- महानगरखबर

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको छ । 


टेलिकमको सेवा विस्तार तथा व्यवसाय प्रबद्र्धनमा सरकारले चाहेजस्तो उपलव्धि हासिल गर्न नसकेपछि राजभण्डारीलाई पदमुक्त गरेको सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएको छ । 


विशेष गरी फोरजी सेवाको विस्तारमा प्रगती गर्न नसेकको र टेलिकमका व्यापारका ओरालो लागेपछि सरकारले राजभण्डारीलाई २ पल्ट स्पष्टिकरण सोधेपछि चित्तबुझ्दो उत्तर नदिएको भन्दै उनलाई पदबाट हटाईएको हो । 


तीन वर्षे कार्यकालका लागि २०७३ असोजमा नियुक्त भएकी राजभण्डारी टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त भएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex