काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १२८.७ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई काठमाडौं महानगरपालिका वडा नम्बर १८ नरदेवीबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर ११ का २६ वर्षीय सुदिप विक र गोरखा चुमनुब्री गाउँपालिका वडा नम्बर ६ का ३९ वर्षीय सोनाम दोर्जे लामा छन ।
उनीहरूका साथबाट फेला परेको सुनको तौल १२८।७ ग्राम रहेको प्रहरीले बताएको छ ।
उक्त सुनको हाल बजार मूल्य १३ लाख ९१ हजार १६० रुपैयाँ छ ।
Categorized in बजार