४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

महानगरपालिका र उपमहानगरपालिका चल्ने सवारीसाधानमा हरियो स्टिकर अनिवार्य


प्रकाशित: मंगलबार, २९ साउन २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल सरकारको यातायात व्यवस्था विभागले यही भाद्रबाट महानगरपालिका र उपमहानगरपालिका भित्र चल्ने सवारी साधनहरुमा हरियो स्टिकर अनिवार्य गर्ने भएको छ । 


काठमाडौ उपत्यकाकाको हकमा भने सबै स्थानीय तहमा अनिवार्य गरिएको छ । साउन मसान्त सम्म विभागले प्रदुषण जाँचपास गराएर हरियो स्टिकर लिनका लागि थानकोट, बालाजु, बिपी हाइवे लगाएतका स्थानमा घुम्ती सेवा दिईरहेको छ ।


प्रदुषण जाँचपास नगराएका सवारी साधनलाई सञ्चालनमै रोक लगाइने भएको विभागले जनाएको छ ।

 
विभागका अनुसार डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन  जाँच्नका लागि छुट्टाछुट्टै मेसिन आवश्यक पर्छ । पेट्रोलबाट चल्ने सवारीसाधनले फ्याक्ने  धुवाको मात्रा ुग्यास एनालाइजर र डिजेलबाट चल्ने सवारीसाधनले फ्याक्ने धुवाको मात्रा डिजेल स्मोक मिटर मार्फत नापिन्छ । २० वटा डिजेल स्मोक मिटर र २० वटा ग्यास एनालाइजर ल्याइएको छ ।


नियमानुसार निजी सवारीसाधनले बर्षको एक पटक र सार्वजनिक सवारीसाधनले ६÷६ महिनामा सवारीसाधन जाँच पास गराएर  हरियो स्टिकर लिनुपर्छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६०९३०बमोजिम सवारी प्रदुषण फेल हुने सवारीसाधनलाई दुई सय देखि १ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex