२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भोलि काठमाडौंमा होली, यस्तो छ सुरक्षा व्यवस्था


प्रकाशित: शनिवार, १० चैत्र २०८०, १६ः३० बजे 
- महानगरखवर

काठमाडौं । काठमाडौं लगायत हिमाली जिल्लामा भोलि(आइतवार) होली मनाइँदैछ । 


होलीलाई सुरक्षित, सभ्य र मर्यादित बनाउन जिल्ला प्रहरी परिसर काठमडौंले विशेष सुरक्षा व्यवस्था गरेको बताएको छ । 


परिसर होलीलाई लक्षित गरी काठमाडौंमा तीन हजार सुरक्षाकर्मी खटिने भएका छन ।


होली पर्वका दिन काठमाडौंमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ ।


यस वर्षको होली पर्वका लागि काठमाडौंमा दुई हजार पाँचसय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजारको सङ्ख्यामा प्रहरी परिचालन गरिने भएको हो ।

 
अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौँमा भोलि बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएकोे छ । 


अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीनजना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गतिलगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही गरिने छ । 


मापसे र लापसे सेवन गरी सवारी चलाउने चालकलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको भन्दै अनुमतिबिना रङ दल्ने, लोला हान्ने, जिस्काउनेलगायत गतिविधि गर्नेलाई समेत कारबाहीको दायरामा ल्याइने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले बताए । 


होली पर्व मनाउने क्रममा हुने दुर्घटना न्यूनीकरणका लागि यस वर्ष काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकाहरु र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाइएको छ ।


यसका साथै ३० वटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ति तथा चेक प्वाइन्टसमेत राख्ने तयारी गरिएको छ ।


फाइल तस्वीर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex