१ भाद्र २०८३, सोमबार
Header

बंगलादेशी नागरिकलाई काठमाडौं ल्याएर बन्धक बनाउने ४ जना पक्राउ


प्रकाशित: शुक्रवार, ९ चैत्र २०८०, १८ः५० बजे 
- महानगरखवर

काठमाडौं । बंगलादेशी नागरिकलाई काठमाडौं ल्याई बन्धक बनाउने चार जना पक्राउ परेका छन । 


बंगलादेशी नागरीकहरूलाई वैदेशिक रोजगारको लागि क्यानडा, ईटाली लगायतका देशहरूमा पठाई दिने भन्दै बन्धक बनाएर राखेको आरोपमा पक्राउ उनीहरु पक्राउ परेका हुन । 


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा ३८ वर्षीय नुरुल हुडा, ३० वर्षीय एमडी मासुम बिल्लाह, ३१ वर्षीय शामिम अहमद र ३३ वर्षीय प्रणय कुमार दे छन ।


बंगलादेशबाट नेपाल ल्याई काठमाडौं महानगरपालिका वडा १६ स्थित पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलमा बन्धक बनाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले चार जनालाई उद्धार गर्नुका साथै चार जनालाई पक्राउ गरेको हो । 


प्रहरीका अनुसार उनीहरुलाई ५ चैतमा बंगलादेशबाट काठमाडौं ल्याएर बन्धक बनाइएको थियो ।


होटलमा बन्धक बनाएर पासपोर्ट नियन्त्रणमा लिने, कुटपिट गर्ने र रकम असुल्न गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 


पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय परिसर पठाइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex