७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

महरालाई हाजिरी जमानीमा छाड्ने तयारी


प्रकाशित: शुक्रवार, ९ चैत्र २०८०, १३ः३० बजे 
- महानगरखवर

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिने तयारी गरिएको छ । 


चैत्र ५ गते कपिलबस्तुबाट ९ किलो इलेक्ट्रिक चुरोट (भेप) तस्करी प्रकरणमा पक्राउ परेका महरालाई विभिन्न खालको ७/८ वटा रोग भएकाले उनलाई छाड्ने तयारी गरेका हो । 


गत सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदा न्यायाधीश दुर्गाप्रसाद खनाल समक्ष महराले आफूमा टिबी, युरिक एसिड, प्रोस्टेटका रोग, डायबिटिज, ब्लड प्रेसर भएको उल्लेख गरेपछि अदालतले नै उनलाई उपचारको प्रबन्ध मिलाउन आदेश दिएको थियो । 


उनलाई अदालतले ४ दिन म्याद गरी अनुसन्धान गर्न आदेश दिएको थियो । उनको वयान सरकारी वकिल कार्यालयले लिइसकेको छ । हाल उनको नर्भिकमा उपचार भईरहेको छ । 


केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महराको सम्पर्क सुन तस्करका मुख्य नाइके दाओजिन वाङसँग सम्पर्क गरेको देखिएको भन्दै संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको थियो ।

 
मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५ अनुसार हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने प्रावधान छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex