४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

देशका विभिन्न स्थानमा शंकास्पद बस्तु भेटियो, काठमाडौ सतंगुल पनि र भक्तपुरमा प्रेसर कुकर बम फेला


प्रकाशित: मंगलबार, २९ साउन २०७५, ०८ः२५ बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले विहानै काठमाडौको चन्द्रागिरी नगरपालिस्थित सतंगुलमा रहेको सिप्रदी ट्रेडिङमा शंकास्पद बस्तु फेला परेको छ । 


शंकास्पद बस्तु बम भएको अनुमान प्रहरीले गरेको छ । अहिले सो स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको प्रहरीले जनाएको छ ।

 
त्यसैगरी भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा प्रेसर ककुर बम फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको प्रहरीले जनाएको छ । 


देशका विभन्नि स्थानमा पनि शंकास्पद बस्तुहरु भेटिएको छ । रौतहटमाको चन्द्रपुर–५ स्थित पूर्व पश्चिम राजमार्गमा रहेको लच्कामा शंकास्पद वस्तु फेला परेको छ भने प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले बमको आशंकामा निष्क्रिय पार्ने प्रयास गरिरहेको छ ।


नेत्रविक्रम चन्द‘बिप्लव’ माओवादी नेतृत्वमा मंगलबार नेपाल बन्द आव्हान गरेकोले सोही पार्टीले बम राखेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex