७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

संसदमा प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसविच आरोप–प्रत्यारोप


प्रकाशित: विहिवार, २४ फागुन २०८०, १३ः४० बजे
- महानगरखवर

काठमाडौं । नयाँ सत्ता समिकरण पछि बसेको संसदको पहिलो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेका छन ।


विहिवार प्रधानमन्त्री दाहालले संसदलाई सम्बोधन गर्दै कांग्रेससँग सत्तागठबन्धन टुट्नुको कारण बताएका छन ।


उनले कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेको आपत्ति जनाउँदै प्रतिक्रिया दिएका छन । 


आफूसँग हुँदासम्म इमान र अरुसँग जानेबित्तिकै बेइमान भन्न नहुने भन्दै असुन्तुष्टि व्यक्त गरेका छन ।


‘आफूसँग हुँदासम्म इमान अरुसँग जानेवित्तिकै बेइमान भन्ने हुँदैन’, दाहालले भने, ‘‘राजनीतिमा केही आशंका पैदा भएपछि यो अवस्था आएकै हो ।’


नेपाली कांग्रेसको बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्ड राजनीतिक बेइमान भएको निश्कर्ष निकालेपछि प्रम दाहालले सो बताएका हुन । 


आफूले सोच विचार गरेर नै कदम चालेको भन्द उनले आफ्नो कदमलाई इमान र बेइमान भन्दा पनि राजनीतिक मुद्दाका आधारमा हेर्न आग्रह गरे ।


कांग्रेससँगको सहकार्य सौहार्दपूर्ण रहेको र कांग्रेस नेताहरुसँग व्यक्तिगत सम्बन्ध पनि राम्रो रहेको प्रधानमन्त्री प्रचण्डले बताए । 


प्रम दाहालले कांग्रेससँगको सहकार्यका क्रममा सरकारले परिणाम दिन नसकेको प्रचण्डले बताए । 


यसैविच संसद बैठकलमा बोल्ने समय पाएका नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतको अपमान गरेको र कांग्रेसमाथि विश्वासघात गरेको आरोप लगाएका छन ।


२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर चुनाव लडेको भन्दै नेता लेखकले त्यतिबेला गरेको प्रतिज्ञा बेवास्ता गरेर प्रधानमन्त्रीले कांग्रेसप्रति कुठाराघात उल्लेख गरेका छन । 


कांग्रेससँगको गठबन्धन भत्काउने प्रधानमन्त्रीको निर्णयले मुलुकलाई शृंखलावद्ध अस्थिरतातिर जाने खतरा देखिएको नेता लेखकले बताए ।


आपसी छलफलबाट समाधान हुन सक्ने विषयलाई पनि प्रधानमन्त्री प्रचण्डले अतिरञ्जित किसिमले बढाएर, चढाएर आफ्नो कमजोरी एक दुई जना मन्त्रीको टाउकोमा हाल्ने काम गरेको उनले बताए ।


नेपाली कांग्रेसको यस अघिको कार्यसम्पादन बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex