काठमाडौं । चितवनको रत्ननगरपलिकाले मागको सुनवाई नगरेको भन्र्दै रिले अनसनमा बसेकाहरुकाले नगरपालिका कार्यलयमा सोमबार तोडफोड गरेको छ ।
कर वृद्धिको विरोधमा अनसनमा बसेका अनशनकारीहरुद्धारा भएको तोडफोडबाट नगरपालिकाको राजश्वको शाखाको सिसासमेत फुटाएर तोडफोड गरेका छन् ।
उनीहरुले कर तिर्न आएका सेवाग्राहीको रसिदसमेत उनीहरुले च्यातिदिएको छ ।
कांग्रेससहितका सात दलहरुले सुरु गरेको रिले अनशन सोमबार दोस्रो दिन पनि जारी रहेको छ । उनीहरु ११ बुँदे माग राखेर रिले अनशन बसेका हुन ।
नगरपालिकाले आन्दोलनरत पक्षहरुसँग वार्ताको लागि आहृवान गरेको छ । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा वार्ता समिति समेत गठन गरेको जनाएको छ ।
Categorized in समाज