२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सामुदायिक सेवा बागबजारद्धारा आयोजित वकतृत्वकलामा मद्रसा स्कुल प्रथम


प्रकाशित: शुक्रवार, १८ फागुन २०८०, १७ः५० बजे
- रचना शाही खड्गी

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पुरानो बसपार्क बागबजारको आयोजना वकतृत्वकला सम्पन्न भएको छ । 


शुक्रवार बागबजारस्थित सिद्धार्थ पब्लिक स्कुलमा आयोजित वकतृत्व कलाको ‘आत्महत्या न्यूनिकरण र हाम्रो सरोकार’ शिर्षकमा आयोजित कार्यक्रममा सहभागी मद्रसा इस्लामिक स्कुल प्रथम हुन सफल भएको छ ।


सो विषयमा स्कुलका कक्षा १० का छात्र इजाज इकवाल र छात्रा तुवा जैनवले बोलेका थिए । 


वकतृत्वकलामा सहभागी सिद्धार्थ पव्लिक एकेडेमीका दोस्रो भएका छन । यस प्रतियोगितमा एकेडेमीको तर्फबाट कक्षा १० का शिवम गौतम र छात्रा कृसिता शाहीले भाग लिएका थिए । 


तेस्रो भएको पदमोदय उच्च मा.वि. का तर्फबाट कक्षा ९ का अविस्कार खत्री र छात्रा हेलैन जोशीले भाग लिएका थिए । 


सहिद शुक्र माध्यमकि विद्यालय चौथो भएका थिए । सो विद्यालयबाट कक्षा १० का भुवन ओली र कक्षा ९ की प्रतिमा सिंहले सो विषयमा आफ्ना विचार व्यक्त गरेका थिए । 


कार्यक्रमको निर्णायक मण्डलमा सेवा केन्द्रका सल्लाहकार वेदबहादुर कार्की र उपाध्यक्ष सरस्वती पन्त भट्टराई थिइन । 


सो अवसरमा कार्यक्रमको प्रमुख अथितिको रुपमा सिद्धार्थ पव्लिक एकेडेमीका प्रिन्सिपल अन्जु थापाले आसन गरेकी थिइन भने अथितिको रुपमा सेवा केन्द्रका सल्लाहकार मोहम्मद निजामुद्धिन मिया, पूर्व उपाध्यक्ष मिना साह, सेवा केन्द्रका प्रहरी इन्चार्ज कार्की रहेका थिए । 


सेवा केन्द्रका अध्यक्ष कमरुद्धिन मियाँको सभापतिमा सम्पन्न कार्यक्रमलाई महासचिव होमप्रसाद खड्गीले सञ्चलन गरेका थिए ।


कार्यक्रममा सहभागीलाई सेवा केन्द्रका सचिव निशा अली खानले स्वागत गर्दै मन्तव्य राखेकी थिइन । 


सो अवसरमा सेवा केन्द्रका सह–सचिव अजय खड्गी, उपाध्यक्ष रमा थापा, कोषाध्यक्ष विना तण्डुकार, सदस्य राधेश्याम तण्डुकार, मोहम्मद मुन्ना, आशा महर्जन, दिपा केसी लगायतको उपस्थिती रहेको थियो ।    
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex