काठमाडौं । लघुवित्त पीडितहरू सोमवार सुरक्षा घेरा तोडेर संघीय संसद भवन परिसर प्रवेश गरेको घटनामा सरकारले छानविन समिति बनाएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक दिनेश मैनालीको नेतृत्वमा मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
लघुवित्त पीडितहरू दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि पुगेर प्रदर्शन गरिरहेको बेला सुरक्षा घेरा तोडेर संघीय संसद भवन परिसर प्रवेश गरेका थियो ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि बानेश्वरस्थित संसद भवन आसपास निषेधित क्षेत्र तोकेको छ । तर उनीहरू सुरक्षाकर्मीलाई छलेर संसद भवन परिसरमो नाराबाजी पनि गरेका थिए।
प्रहरीले निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४८ महिला र एक पुरूषसहित ४९ जनालाई नियन्त्रणमा लिएको छ ।
छानविन समितिले उनीहरू कसरी संसद भवन परिसरमा पसे भन्ने विषयमा अनुसन्धान गर्ने भएको छ ।
Categorized in राष्ट्रिय