१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरले यी चार अस्पतालको फोहोर संकलनमा लगायो रोक


प्रकाशित: आइतवार, १३ फागुन २०८०, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अस्पतालको फोहोर  अनुगमनको क्रममा त्रुटी भेटिएपछि चार अस्पताललाई तत्काल फोहोर संकलनमा रोक लगाएको छ ।

 
महानगरको वातावरण व्यवस्थापन विभागको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमन टोलीले कलंकी क्षेत्रमा रहेका सहिद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पताल र चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाइए हो । 


ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार कलंकी क्षेत्रका अस्पतालहरुको गएको शुक्रबार र चावहिल क्षेत्रका अस्पतालको आज(आइतवार) अनुगमन गरिएको थियो । 
यस अघि महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । 


श्रेष्ठले फोहोर रोक लगाइएका अस्पतालहरुलाई संक्रमित फोहोर निसंक्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहोरमैला व्यवस्थापनका लागि गरिएका प्रतिवद्धतासँग सम्बन्धित कागजपत्र, अहिले फोहोर व्यवस्थापनका लागि सहकार्य गरिएका संघसंस्थाहरुको विवरण लिएर ३ दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन भनिएको बताए । 


ल्याण्डफिल साइटमा कुनै पनि हानीकारक फोहोर नपुगोस भनेर हामीले अनुगमन गरेको उनले बताए । 


‘अनुगमनका क्रममा फोहोर व्यवस्थापन अभ्यास हेर्दा फरक फरक अवस्था देखिएको छ ।’ श्रेष्ठले भने, ‘संक्रमित फोहोरको व्यवस्थापन उत्पादक आफैँको हुन्छ । अस्पतालहरुको अवस्था हेर्दा सबैमा एकै खालको कसुर छैन । कसैले तत्काल सुधार गर्न सक्ने देखिन्छ । कुनै अस्पतालको फोहोर व्यवस्थापनका लागि पूर्वाधार र संयन्त्र नै बनाउनु पर्ने देखिएको छ । यसका आधारमा रोकिएको फोहोरको सम्बन्धमा निर्णय गरिनेछ ।’


महानगरले अस्पतालजन्य फोहोर व्यवस्थापनको लागि अनुगमनलाई तिब्र बनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex