काठमाडौं । निर्वाचन आयोगले इलामको २ नम्बर क्षेत्र र बजाङको १ नम्बर क्षेत्रलागि उपनिर्वाचन मिति घोषणा गरेको छ ।
आयोगले आईतवार प्रेस विज्ञप्ती जारी गरी ०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने घोषणा गरेको हो ।
आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालका अनुसार इलाम र बझाङमा रिक्त रहेको प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनको मिति तोकेको हो ।
०७९ मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र रिक्त छ ।
त्यसैगरी, प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ । त्यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए ।
उनको दुर्घटनामा निधन भएकोले सो स्थानमा उपनिर्वाचन हुने भएको हो ।
आयोगका अनुसार कुनै सदस्यको स्थान, प्रतिनिधिसभा वा प्रदेशसभाको कार्यकाल ६ महिना बढि बाँकी रहँदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्धारा पूर्ति गरिने संवैधानिक व्यवस्था छ ।
Categorized in राष्ट्रिय