२८ आश्विन २०८३, बुधबार
Header

कांग्रेस महासमितिमा हिन्दु राष्ट्रको माग गर्दै एक हजार बढिको हस्ताक्षर संकलन 


प्रकाशित: विहिवार, १० चैत्र २०८०, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसको ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा हिन्दु राष्ट्रको माग गर्दै हस्ताक्षर संकलन गरिएको छ ।


केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दु राष्ट्रका लागि बैठकमा एक हजार बढिले गरेको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई बुझाएका छन । 


भण्डारीले महासमिति बैठकको बन्दसत्रमै सभापति देउवालाई हस्ताक्षर बुझाएका हुन । 


उनले सबै धर्मलाई सम्मान गर्दै नेपाल हिन्दु राष्ट्र बनाउनुपर्ने बताउँदै धर्म निरपेक्ष खारेज गर्न माग गरेका छन । 


यस अघि ०७५ मा भएको महासमिति बैठकमा पनि हिन्दु राष्ट्र घोषणा माग गर्दै ७१७ जना महासमिति सदस्यले हस्ताक्षर गरेका थिए । कांग्रेसमा झण्डै २३ सय महासमिति सदस्यहरू छन्।


महासमिति सदस्यहरूले हिन्दु राष्ट्रका बारेमा हस्ताक्षर गरेर बुझाए पनि कांग्रेसले यसअघि नै यसले आधिकारिकता नपाउने बताएको थियो। 


महासमिति सुरू हुनुअघि गोदावरीमा पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले एकल धर्म राज्यको शासन नेपाली कांग्रेसलाई स्वीकार्य नभएको बताएका थिए।

 
फागुन ७ गतेदेखि सुरू भएको महासमिति बैठक आज समापन गर्ने तयारी छ । 


उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत लगायतले पेश गरेका प्रस्तावमाथि समूहगत छलफल भएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
kmc 28 wada bharam
maharjan complex