५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

भिख माग्ने र माग्न लगाउने दुवैलाई जेल !


प्रकाशित: सोमबार, २८ साउन २०७५, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । सरकारले भाद्र देखि ल्याउन लागेको मुलुकी ऐन अन्र्तत मुलुकी अपराध संहिता ऐनमा भीख माग्ने र माग्न लागाउने दुवैलाई जेल सजाय हुने कानुनी व्यवस्था गरेको छ । 


सो ऐन अन्तर्गत भीख माग्नेलाई पहिलो पटक एक महिना कैद र १ हजार जरिवाना, दास्रो पटकदेखि प्रत्येक पटक दुई महिना कैद र २ हजार रपियाँ जरिवाना लाग्नेछ । 


त्यसैगरी भीख माग्न लागाउनेलाई भने माग्ने भन्दा वढि सजायको ऐनमा व्यवस्था गरेको छ । पहिलो पटक भिक्षा माग्न लगाएको भए १ वर्षसम्म कैद वा १० हजार जरिवाना र दोस्रो पटकदेखि ३ वर्षसम्म कैद वा ३० हजार जरिवाना लाग्नेछ ।


आगमी भदौ १ गतेदेखि भने सडकमा बसेर वा घरघरमा डुलेर मागे वा कसैले माग्न लगाए उनीहरुले जरिवाना र कैद सजायसमेत ब्यहोर्नुपर्ने छ । मुलुकी अपराध (संहिता) ऐनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख गरिएको छ ।


तर, साधु सन्तको हकमा भने कानुनमा व्यवस्था गरेको छ ।  ऐनको दफा १२६ को स्पष्टीकरणमा लेखिएको छ ‘कुनै साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चली आएको परम्पर अनुसार घरघरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा भिक्षा मागिएकोमा त्यस्तो कार्यलाई यसदफा अन्तर्गतको कसुर मानिने छैन ।’


अहिले राजधानीको सडक, गल्ली, आकाशे पुल, धार्मिक मठममन्दीरुमा बेग्रेती रुपमा भिख माग्नेहरुको समुह देखिनछ । अपांगता भएकाहरु, असाध्य रोगबाट पीडित, ज्येष्ठ नागरिक, जोगी र सन्यासीहरु माग्न बसेको दृश्य अब सामन्य हुन थालेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex