१० भाद्र २०८३, बुधबार
Header

आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर, यी विधेयकहरु पनि पेश हुने


प्रकाशित: आइतवार, ६ फागुन २०८०, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । संघीय संसदमा आज प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ को संसदहरुसँग प्रश्नोउत्तर कार्यक्रम हुने भएको छ ।


संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने बैठकमा प्रश्नोत्तरको कार्यसुचि रहेको छ । कुन कुन सांसदले प्रश्नत्तोर गर्नेबारे खुलाएको छैन । 


बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रहरूको व्यहोरा पढेर सुनाएलगत्तै प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने कार्यसूचीमा उल्लेख छ ।


त्यसैगरी, बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,२०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ।


राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्यांकन विधेयक सम्बन्धी प्रतिवेदन, २०८०’पेस गर्ने कार्यसूची पनि रहेको छ ।


त्यसैगरी, प्रेम सुवालले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।


अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन), अध्यादेश २०८० लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव पेश गर्ने कार्यसूची छ।


अर्थमन्त्री महतले नै ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक,२०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची बैठकमा पेश हुने छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex