काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
विहिवार निगमका प्रवक्ता मनोज ठाकुरले जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्य आज मध्यरातिदेखि लागू हुनेछ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिट २ रुपैयाँ वृद्धि गरेको नेपाल आयल निगमले बढाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य बढेर आएकोले सो मूल्य बृद्धि गरिएको हो ।
नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७२ तथा डिडिजेल र मट्टितेलमा प्रतिलिटर १ सय ६० रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको विज्ञप्तिमा उल्लेख छ ।
Categorized in बजार