१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरभित्रका यी अस्पतालहरुबाट लिउ निःशुल्क स्वास्थ्य सेवा


प्रकाशित: विहिवार, ३ फागुन २०८०, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका नीजि तथा सरकारी अस्पतालहरुबाट लक्षित वर्गले निःशुल्क स्वास्थ्य सेवा लिन सक्ने जनाएको छ ।

 
महानगरले फागुन १ गतेबाट महानगरभित्रका अस्पतालहरुबाट सो सेवा लिने गर्ने गरी अस्पतालहरुलाई पत्रचार गरी कार्यान्वनमा ल्याएको हो । 


यो सेवा लिनको लागि नेपाल सरकार र प्रदेश सरकार र  स्थानिय सरकारले लक्षित वर्ग हो भनी जारि गरेको कागजातर परिचय पत्र आवश्यक हुन्छ । 


राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकता प्रमाण पत्र र जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो र, रोग पहिचान भए सोको कागजपत्र चाहिने हुन्छ । अनुसूची–५ को आधारमा सम्बन्धीत स्थानिय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची– ४ अनुसारको सर्जमिन गरेको कागज चाहिने हुन्छ । 


सम्बन्धीत स्थानिय तहको वडा कार्यलयले उपचारको लागी अनुसूची– ३ अनुसारको सिफारिस गरेको पत्र आवश्यक पर्ने हुन्छ । 


त्यसैगरी, बेवारिसे बिरामीलाई निशुल्क उपचार सेवा लिनका लागि आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिव, बिपन्न तथा वेवारिसे विरामिलाई प्रारम्भिक स्वास्थ्य उपचार निशुल्क प्रदान गर्नु पर्नेछ ।


यी उपचारहरु पाउनको लागि महानगरभित्रका (यी अस्पतालहरु) जान सकिन्छ । कोष्ठभित्रका अक्षरमा क्लिक गरे अस्पातल र लक्षितबार्गको लागि चाहिने सिट संख्याबारे जानकारी प्राप्त हुन्छ । 


सरकारले लागु गरेको स्वास्थ्य संचालन मापदण्ड, २०७७ को ७० (घ) र काठमाडौ महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को दफा २८ बमोजिम महाननगर क्षेत्रभित्रका सम्पूर्ण अस्पतालहरुले कुल शैयाँका १० प्रतिशत नेपालको कुनै पनि स्थानका लक्षित बर्गलाई अनिवार्य रुपमा उपचार सेवा दिनु पर्ने कानुुनी व्यवस्था छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex