काठमाडौं । न्यू जेनिथ इंग्लिश मोडेल स्कुलले रजत जयन्ती मनाउने भएको छ ।
विहिवार काठमाडौमा एक पत्रकार सम्मेलन गरेर माघ २८ गते आइतवार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरी मनाउने तयारी गरेकोको स्कुलका प्रिन्सिपल राजु महर्जनले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा स्कुल स्थापनादेखि हालसम्मको गतिविधिहरु जानकारी दिने प्रिन्सिपल महर्जनले बताए ।
सो अवसरमा ६० भन्दा बढि विद्यार्थीहरुको म्यूजिकल ओरस्चेस्ट्रा प्रस्तुत गरिने भएको छ । म्युजिकमा अधारित तेक्वाण्डो सो, स्काउट पिरामिट, गीतहरुको प्रस्तती गरिने छ ।
साथै सानो सफलतामा धेरै रमाउने मान्छे (प्रिन्सपल महर्जनको शिक्षण पेशाको ३० बर्षको अनुुभव एक पुस्तक विमोचन समेत गरिने भएको छ ।
त्यसैगरी, थर्ड युनिभर्स अफ न्यू जेनिथ स्कुल म्यागेजन पनि विमोचन गर्ने कार्यक्रम रहेको छ ।
सो स्कुलमा ५ देखि २५ बर्षसम्म विताएका शिक्षक, शिक्षिका तथा कर्मचारीहरुलाई सम्मान समेत गरिने उनले बताए ।
वि.स. २०५६ सालमा प्राइमरी ब्लक अफ जेनिथ इंग्लिस सेकेण्डरी स्कुल बाफलको नामबाट नर्सरी देखि कक्षा ५ सम्म सञ्चलान गरी सुरुवात गरेको प्रिन्सिपल महर्जनले जानकारी दिए ।
७४ जना विद्यार्थीबाट सुरु गरेको विद्यार्थीहाल ९५० जना रहेको र कक्षा १२ सम्म सञ्चालन भइृरेको छ ।
यस स्कुलमा काठमाडौं महानगरले गर्नु भन्दा अघिबाट नेपाल भाषाको पनि शिक्षण हुने गरेको उनले बताए ।
आईतावर १२ बजे प्रज्ञा भवनमा हुने यस कार्यक्रममा अतिथिको रुपमा प्याबसनको अध्यक्ष प्रेमकुमरा राई, ज्यापु महागुुथी, नगर कमिटिका अध्यक्ष पञ्च नारायण महर्जन, त्यसैगरी काठमाडौं महानगरपालिका वडा १८, १७, १९, १५, २४ र २३ का वडा अध्यक्षहरु हुनेछ ।
Categorized in समाज