काठमाडौं । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको सरकारी जग्गा निजी बनाएको मुद्दामा पक्राउ परेका उद्योगी व्यवसायी अरुण चौधरीसहित ३ जना थुनामुक्त भएका छन ।
बुधवार उनीहरुलाई सरकारी वकिलको कार्यालयमा हाजिरी गराएर हाजिरी जमानीमा रिहा गरिएको हो ।
तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी अरूण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर थुनामुक्त भएका हुन ।
बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसान्धान व्यूरोले (सिविआई) ले बुधवार उनीहरुलाई पक्राउ गरेको थियो ।
उनीहरूलाई सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञ आचार्यको इजलासले उनीहरूलाई २५ दिन हिरासतमा राख्नुपर्ने नदेखिएको भन्दै सोमबारदेखि लागू हुने गरी दुई दिन म्याद थपेको थियो ।
सिआइबीले गत विहिवार पत्रकार सम्मेलन गरेर तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको बताएका थिए ।
Categorized in राष्ट्रिय