१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौं उपत्यका प्रहरीले बुढानिलकण्ठ क्षेत्रको गतिविधि प्रत्यक्ष निगरानी राख्दै


प्रकाशित: आइतवार, २१ माघ २०८०, १८ः१० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं उपत्यका प्रहरीले अब बुढानिलकण्ठ क्षेत्रको गतिविधि प्रत्यक्ष रुपमा निगरानी राख्ने भएको छ ।


आइतवार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त प्रयासमा सिसी क्यामरा जडान गरेपछि उद्घाटन गरिएको हो ।


बूढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित एक सय ८१ वटा सिसी क्यामरा जडान भएसँगै अब सो क्षेत्रका गतिविधि उपत्यका प्रहरीको नियन्त्रण कक्षबाट प्रत्यक्षरुपमा निगरानी हुन लागेको हो ।


गत वैशाख प्रहरी र बुढानिलकण्ठ प्रहरी विच १२ गते रु पाँच करोडमा सम्झौता भइ सिसी क्यामरा जडान शुरु भएको थियो । 


काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले संयुक्तरुपमा सिसी क्यामराको उद्घाटन गरे ।


सुरक्षित काठमाडौँ योजना अन्तर्गत बूढानीलकण्ठ रुट, मानबहादुर मार्ग–चुनिखेल रुट र कपन रुटका ७९ स्थानमा सिसि क्यामेरा जडान गरिएको हो । 


सो अवसरमा कार्यक्रममा प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक थापाले ‘सुरक्षित काठमाण्डौ उपत्यकास्हाम्रो प्रतिवद्दता’ अभियानलाई साकार पार्न प्रविधिमैत्री प्रहरीको अवधारणा बमोजिम बूढानीलकण्ठ इलाकामा जडित सिसिटिभि क्यामेराले उक्त इलाकामा शान्ति, सुरक्षाका साथै समग्रमा काठमाण्डौ उपत्यकाको आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत उक्त नगरपालिकासँग सहकार्य गर्दै जाने बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex