काठमाडौं । एक चिनियाँ नागरिक काठमाडौं – १७, ठमेलको क्वाबहालस्थित नेपालय होम होस्टलमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त, सोह्रखुट्टेका अनुसार होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङलाई मृत अवस्थामा फेला परेको हो ।
शनिबार मृत अवस्थामा फेला परेपछि होस्टलका कर्मचारीले प्रहरीलाई जानकारी गराएका थिए ।
पोष्टमार्टम प्रतिवेदनमा मृत्युको कारण खुल्ने भएकोले शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।
Categorized in समाज