काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श शाखाले तयार पारेका छन ।
शाखाले तयार पारेको सम्भावित कार्यतालिका अनुसार माघ महिनामा २२ गते, २४ गते, २८ गते र २९ गते बैठक सञ्चालन भए फागुन २९ गते राष्ट्रिय सभाको अध्यक्षको चुनाव हुनेछ ।
माघ ११ गते सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनपछि नेकपा माओवादी १७ सांसदसहित सबैभन्दा ठुलो दल बनेको छ ।
राष्ट्रीय सभामा १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो र ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल बनेको छ ।
जनता समाजवादी पाटी (जसपा)का ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक÷एक जना सदस्य छन ।
राष्ट्रिय सभा अध्यक्षका लागि कोशीबाट नवनिर्वाचित सांसद कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको चर्चा छ ।
उनलाई राष्ट्रिय सभा अध्यक्ष पदमा उठाउनकै लागि उम्मेवार बनाइएको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाले बताएका थिए ।
माओवादी केन्द्रले पनि राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्ने तयारी गरेको छ ।
यद्दपी राष्ट्रिय सभा अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा कांग्रेस र माओवादीसहित सत्ता गठबन्धन दलका शीर्ष नेताले छलफल गरिसकेका छैनन ।
Categorized in राष्ट्रिय