२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं– २७ वडाबाट कुहिने र नकुहिने फोहोर वर्गीकरणको तयारी


प्रकाशित: शनिवार, २० माघ २०८०, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर वर्गिकरण गरी संकलन गर्ने योजना अघि सारेको छ । 


महानगरले पहिलो चरणमा नमुना कार्यक्रमको रुपमा काठमाडौं महानगरपालिका वडा २७ बाट सञ्चालन गर्ने भएको हो । 


सो कार्यक्रमको तयार स्वरुप परीक्षणको लागि शनिवार वडा २७ मा सचेतनामुलक प्रभातफेरि कार्यक्रम समेत गरिएको थियो ।


वडाध्यक्ष योगेश खड्गीले वडावासीहरुबाट सकारात्मक प्रतिक्रिया पाएकोले फोहोर वर्गिकरण कार्य सफल हुने विश्वास व्यक्त गरेका छन । 


‘घरघरमा पुगेर फोहोर छुट्याउने विधि सिकाउँछौँ । फोहोर संकलन गर्न जाने कर्मचारीलाई छुट्टिएको फोहोर गाडीमा राख्ने प्रभावकारी तरिका सिकाउँछौँ । वडाबासीबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ । सहभागिताका लागि उहाँहरु इच्छुक हुनुहुन्छ । यी सबैकारणले कार्यक्रम सफल हुन्छ ।’ उनले भने । 


यस अवसरमा आज वडाका जनप्रतिनिधि, सहरी योजना आयोगका सदस्य तथा पदाधिकारी, कर्मचारी, नगर प्रहरी, स्थानीय क्लव तथा टोल सुधार समितिका पदाधिकारीसहितको प्रभातफेरीले कमलाछी, असन, तँलाछि, ज्याथा, ठमेल, जमल, ग्वसिँफलगायतका स्थानमा पुगेर घरदैलो कार्यक्रम समेत गरिएको थियो ।


५ हजार जनसंख्या रहेको यस वडाको १ हजार ४ सय घरधुरी छन । आवासीय र व्यापारिक क्षेत्र भएकोले कुहिने र नकुहिने दुवै प्रकारको फोहोर उत्पादन हुन्छ । 


आउँदो एक हप्ता वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, छुट्याइएको फोहोरको नमूना संकलन गर्ने अभ्यास गरिने भएकोछ । 


यो वडाको कार्यक्रम सफल बनाएर वडा नं. १२, ५, ६ लगायत वडामा विस्तार गर्दै लगिने विभागले योजना बनाएको छ । 


यसका लागि महानगरपालिकाले रङ्ग संकेतसहितको गाडी तयार पारेको छ । 


वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार ३.५ क्युविक मिटर क्षमता भएको गाडीको विचबाट २ खण्ड बनाइएको छ । 


कुहिने फोहोर संकलन गरिने कोठातिर हरियो छ भने नकुहिने तथा अन्य फोहोर संकलन गरिने कोठातिर नीलो रङ्ग राखिएको छ । 


फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने कार्यक्रम कार्यान्वयनका लागि गाडीको व्यवस्था गरिएको हो ।


हरेक खण्ड (कोठा) १.५ क्युविक मिटर क्षमताका छन । ती कोठाको पछाडि र बिचमा गरी २ वटा ढोका छन । यसमध्ये बिचमा राखिएको ढोकाबाट फोहोर संकलन गरिन्छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex