काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको क्यालेण्डर तयारी भएको छ ।
संघीय संसदले अबदेखि क्यालेण्डर बनाएर बैठक सञ्चालन गर्ने भएको छ । प्रतिनिधि र राष्ट्रिय सभाले माघ र फागुनको क्यालेण्डर सार्वजनिक गरेको हो ।
संसद सचिवालयले तयार पारेको क्यालेण्डर अब साताको ३ दिन सासंदहरु बैठकमा सहभागी हुने र बाँकी ३ दिन संसदीय समिति र निर्वाचन क्षेत्रमा गएर काम गर्नु पर्ने हुन्छ ।
संसदमा बैठकले चलेको सबै दिन शून्य समय १ मिनेट बोल्न उपलब्ध गराइने भएको छ । प्रतिनिधिसभाको क्यालेण्डर अनुुसार माघमा २२, २४ र २५ गते विहान ११ बजे बैठक बस्ने भएको छ ।
त्यसैगरी, राष्ट्रिय सभाको क्यालेण्डर अनुसार माघमा २२, २४, २८ र २९ गते चार दिन बस्ने कार्यतालिका छ । फागुुनमा ५, ११, १४, १७, १८, २१, २९ र ३० गते बैठक सञ्चालन हुने जनाएको छ ।
यस अघि संसद बैठक सरकार र संसदको तजविजको आधारमा चल्ने गरको थियो । विश्वका धैरे जसो मुलुुकका संसद क्यालेण्डर अनुसार सञ्चालन हुने गरेको पाएको छ ।
Categorized in राष्ट्रिय