९ कार्तिक २०८३, आइतबार
Binod Yojesh Ram

काठमाडौं महानगरभित्रका पेट्रोल पम्प पहेलो रंगको हुनुपर्ने


प्रकाशित: विहिवार, १८ माघ २०८०, २०ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पेट्रोल पम्पहरु अबदेखि पहेलो रंगमा हुनु पर्ने भएको छ । 


विहिवार बसेको महानगरभित्रका पेट्रोल पम्पको अवस्था, अध्ययन, अनुगमन तथा व्यवस्थापन समितिले सो निर्णय गरेको हो । 


सो निर्णय अनुसार पेट्रोल पम्मको पहिचान तथा एकरुपताको लागि पम्पहरुमा पहेलो रंग अनविार्य रुपमा लगाउनु पर्ने भएको छ । साथै पेट्रोल भर्ने कर्मचारीहरुले अनिवाई रुपमा खैरो रंगको पीपीई लगाउनु पर्नेछ । 


त्यसैगरी, पम्पभित्र निःशुल्क शौचालय अनिवार्य व्यवस्था गरिनु पर्ने, पम्प परिसरमा हरियाली गराउनु पर्ने र कर्मचारीहरुलाई अग्नि नियन्त्रणसम्बन्धी तालिम व्यवस्था गरिनु पर्ने भएको छ ।

 
महानगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीको संयोजक्तमा गठित सो समितिले महानगरभित्रका पेट्रोल पम्पहरुको अध्ययन तथा अनुगमन गरेको थियो। 

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika