काठमाडौं । नेपाल आयाल निगमले आजदेखि लागु हुने गरी खाना पाकाउने ग्याँसमा प्रति सिलिण्डर १५ रुपियाँ बृद्धि गरेको छ ।
त्यसैगरी, पेट्रोलमा प्रतिलिटिर ४ रुपियाँ र डिजेल–मट्टितेलमा प्रतिलिटर २ रुपियाँ बृद्धि गरेको छ ।
मूल्य बृद्धिपछि अब ग्यासँ काठमाडौंमा प्रतिसिलिण्डर रु १९१० मूल्य कायम भएको छ ।
पेट्रोल प्रतिलिटर १७० रुपियाँ र डिजेल/मट्टिटेल १५८ रुपियाँ भएको निगमले बुधवार प्रकाशित गरेको सुचनामा उल्लेख छ ।
नयाँ मूल्य सुचि बुधवार मध्यरातीदेखि लागु भएको निगमले जनाएको छ ।
Categorized in बजार